Logo

१२०० सीसीभन्दा माथीका गाडीमा कर बढाईने, दुई पाङ्ग्रेमा पनि इन्जिन क्षमताका आधारमा निर्धारण

१२०० सीसीभन्दा माथीका गाडीमा कर बढाईने, दुई पाङ्ग्रेमा पनि इन्जिन क्षमताका आधारमा निर्धारण



काठमाडौं । सरकारले १२०० सीसी क्षमताभन्दा बढिका इञ्जिन भएका गाडीहरुको कर बढाउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बढि इञ्जिन क्षममता भएका सवारीसाधनको कर बढाउन लागेको हो ।

सरकारले १२०० सीसीभन्दा बढि इञ्जिन क्षमता भएका सवारीसाधनमा हाल लाग्दै आएको करमा थप ५० प्रतिशत बृद्धि गर्नेगरी तयारी गरेको समेत अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

हाल सरकारले सार्वजनिक सवारीसाधन बाहेक अरुपमा २ सय २५ प्रतिशतसम्म कर लिँदै आएको छ । अबका दिनमा लक्जरी हाल लाग्दै आएको करमा थप ५० प्रतिशत बढाउन लागेको हो । साथै लक्जरी गाडीहरुमा इञ्जिन क्षमताको आधारमा कर निर्धारण गर्न लागेको समेत अर्थ स्रोतले जानकारी दिएको छ ।

यसैगरी मन्त्रालयले मोटरसाईकलहरु पनि इञ्जिन क्षमकतको आधारमा कर निर्धारण गर्दै बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL