Logo

पञ्चकन्याको एसएस ट्याङ्क भारत निर्यात, पुग्यो कोलकत्तादेखि लखनउसम्म

पञ्चकन्याको एसएस ट्याङ्क भारत निर्यात, पुग्यो कोलकत्तादेखि लखनउसम्म



काठमाडौं । पञ्चकन्याले भारतमा पनि वाटर ट्याङ्क निर्यात गर्न थालेको छ । पञ्चकन्याले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३०४ फुड ग्रेडको भर्टिकल तथा होरिजेन्टल र ३१६ ग्रेडको स्टेनलेश स्टील ट्याङ्कहरु उत्पादन गर्ने आएकोमा हाल भारतमा पनि निकासी गर्न थालेको हो ।

विभिन्न क्षमतामा विगत ६ वर्षदेखि उत्पादन गर्दै आएको सो ट्याङ्क हाल भारतीय बजारमा निर्यात गर्न थालेको कम्पनीले जानकारी दिएको छ । सो ट्याङ्कहरु भारतको पटना, लखनउ, कोलकत्ता शहरहरुमा समेत निर्यात हुन थालेको हो ।

बढी खीया प्रतिरोधात्मक, पानी छिटो नतात्ने, लक गर्न मिल्ने बिर्को, पर्याप्त निप्पलहरु तथा स्ट्याण्ड सहित हुनाले जडान गर्न सहज तथा सजिलै ट्याङ्क भित्रको फोहर सफा गर्न सकिन्छ । यी ट्याङ्कमा अन्य ट्याङ्कको दा“जोमा अरु धेरै विशेषताहरु भएको हु“दा यसलाई आम उपभोक्ताले अत्यधिक रुचाएइको कम्पनीले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL