Logo

डिआरएनको विश्वकप विशेष अफर, सामान खरिदमा छुटैछुट

डिआरएनको विश्वकप विशेष अफर, सामान खरिदमा छुटैछुट



काठमाडौं । डिआरएन ब्राण्डले फाईभ ईन वान, टु ईन वान तथा थ्री ईन वान स्पिकर बजारमा ल्याएको छ ।

ब्राण्डले १९ बर्ष अघि रेडियो, मिनी क्यासेट प्लेयर, वाकमेन तथा भिसिडीबाट इलेक्ट्रोनिक्स सामान बजारमा ल्याएको थियो । अहिले ब्राण्डले ५५,४३,३९र ३२ इन्चमा स्मार्ट कर्भ टिभी समेत बजारमा ल्याईसकेको छ ।

साथै टेलिफोन सेट, स्मार्ट टिभी बक्स, आइरन, इमर्जेन्सी लाइट, सिएफएल तथा एलइडी वल्व, पंखा, मच्छडब्याट, मल्टी प्लग र टर्च लाइट समेत बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले १९ औं वर्षको अवसर सँगै रुसमा हुने विश्वकप फूटबलका लागि आकर्षक अफर योजना समेत ल्याएको जानकारी दिएको छ ।

कम्पनीले ल्याएको अफर अनुसार ५५ इन्चको स्मार्ट कर्भ टिभीको खरिदमा डिआरएन २.१ स्पिकर, ४३ इन्चको स्मार्ट कर्भ टिभी खरिदमा डिआर ८८८ टेलिफोन सेट रहेको छ ।

त्यसतै ३९ इन्चको स्मार्ट कर्भ टिभीको खरिदमा डिआर १११ टेलिफोन सेट, ३२ इन्चको स्मार्ट कर्भ टिभीमा १० पिस ३ वाटको सिएफएल लाइट र साधारण ३२ इन्चको एलइडी टिभी खरिदमा १० पिस दुई वाटको एलइडी वल्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL