Logo

असार १ गतेदेखि भृकुटीमण्डपमा घरजग्गा मेला, घरजग्गाको वर्तमान अवस्था र समस्याको बारेमा जानकारी

असार १ गतेदेखि भृकुटीमण्डपमा घरजग्गा मेला, घरजग्गाको वर्तमान अवस्था र समस्याको बारेमा जानकारी



काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा ७ औं ‘घरजग्गा मेला’ हुने भएको छ । संघले असार १ देखी ५ गते सम्म काठमाडौंको भृकुटिमण्डपमा मेला आयोजना गर्ने भएको हो ।

५ दिन सम्म चल्ने उक्त मेलामा विद्युतीय सामान, फर्निचर, पाईप, सेनिटरी वयर्स लगायत बीमा तथा बैंकिङ स्टल रहने छ । घरजग्गा ब्यवसायको वर्तमान अवस्था, समस्या र समाधानका उपाय सहित भावी अवसरका विषयमा सूचना दिने उद्देश्यले मेला आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।

मेलामा व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा योगदान पुर्याउँदै आएका ब्यवसायी र उपभोक्ताहरुलाई नेपाली रियल स्टेट व्यवसायको वास्तविक छनोट गर्ने बारेमा सुचना प्रदान गर्नेछ ।

भूकम्पप्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमाकम्पनीहरु उक्त मेलामा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

उक्त मेला घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता लगायतका संस्थाहरुका लागि साझा मञ्च बन्ने आयोजकको दाबी रहेको छ । मेलामा १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL