Logo

मारुतीले निःशुल्क प्राविधिक परामर्श प्रदान गर्दै, कंक्रिटको ज्ञान आदानप्रदान गर्ने

मारुतीले निःशुल्क प्राविधिक परामर्श प्रदान गर्दै, कंक्रिटको ज्ञान आदानप्रदान गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मारुती सिमेन्टले प्राविधिक परामर्श दिने भएको छ । कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवा सहितको भ्यानबाट हरेक निर्माणस्थलमा पुगेर कंक्रीटको बारेमा जानकारी दिने भएको हो ।

कम्पनीले सो प्राविधिक सेवामार्फत कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकता अनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्नेछ ।

कम्पनीले सो सेवा अन्तरगत सम्पूर्ण ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामाग्रीहरुको सही छनौट तथा मिश्रणको सही अनुपात एवं यसको कार्यक्षमता बारे जानकारी आदानप्रदान गर्नेछ ।

यसका साथै भाइबे्रटर र क्युरिङ गर्ने सहि तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका लगायत आवश्यकता अनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL