Logo

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकमले पनि साथ छाड्दै

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकमले पनि साथ छाड्दै



काठमाडौं । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले घट्न पुगेको छ । सोमबार नेप्से परिसुचक १० दशमलव २८ अंकले घट्दै १ हजार ३ सय ३८ अंकमा झरेर अडिएको छ ।

बजारमा प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ७० अंकले घट्न पुगेको छ । यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि १० अंकले ओरालो लागेको छ ।

यसैगरी विकास बैंक समुहको परिसुचक २७ अंकले घट्दा लघुवित्त समुहको परिसुचक करिब २३ अंकले ओरालो लागेको छ । सोमबार जलविद्युत, फाइनान्स र व्यापार समुहका परिसुचक पनि ओरालो लागेका छन् ।

बजारमा पछिल्लो समय कारोबार रकममा पनि गिरावट आएको छ । केही समय अघिसम्म दैनिक १ अर्ब रुपैयाँभन्दा बढिको सेयर कारोबार हुने गरेकोमा सोमबार ४२ करोड ५१ लाख रुपैयाँको मात्र खरिदबिक्री भएको छ । जसमा १ सय ६३ कम्पनीको १० लाख कित्ता सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढि सिद्धार्थ बैंकको ६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा सिद्धार्थ इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै साढे २ करोड रुपैयाँ भएको छ । सोमबार सेयर खरिदबिक्री भएका ६ वटा कम्पनीको मात्र १ करोड रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL