Logo

ओपोले ल्यायो नयाँ फोन, मूल्य २७ हजार

ओपोले ल्यायो नयाँ फोन, मूल्य २७ हजार



काठमाडौं । मोबाईल फोन ब्राण्ड ओपोले नेपालमा नयाँ फोन सार्वजनिक गरेको छ । बिहीबार कम्पनीले एन्ट्रि–लेभल क्यामेरा फोन ओपो ‘ए ८३ २०१८’ सार्वजनिक गरेको हो ।

तिब्र गतिमा कार्य सम्पादनका लागि सो फोनमा ४ जीबी ¥याम र ६४ जीबी रोम रहेको कम्पनीले जानकारी दिएको छ ।कम्पनीका अनुसार सो फोन गोल्ड र नीलो रंगमा उपलब्ध छ ।

फुल स्क्रिन डिस्प्ले र एआई ब्यूटी रिकग्निसन प्रविधि सहितको ओपो ए ८३ २०१८ ले प्रयोगकर्तालाई थप वास्तविक र प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने कम्पनीको दावि छ ।सो फोनमा ३ हजार १ सय ८० एमएएच ब्याट्री जडान गरिएको छ । सो फोनको बजारमूल्य२७ हजार ४ सय ९० निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL