Logo

हुण्डाईको रोड टु रसिया, २ जनालाई रसियामा वल्र्डकप हेर्ने अवसर

हुण्डाईको रोड टु रसिया, २ जनालाई रसियामा वल्र्डकप हेर्ने अवसर



काठमाडौं । लक्ष्मी इन्टरनेशनलले ‘रोड टु रसिया’ सार्वजनिक गरेको छ । नेपालको लागि हुण्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा. ली.ले नयाँ योजना मार्फत रोड टु रसियाको घोषणा गरेको हो ।

फुटबलको राजा मानिने फिफा वल्र्ड कपलाई लक्षित गर्दै प्रा.लीले हुण्डाई ओनरहरुको लागि योजना सुरु गरकोे कम्पनीले जानकारी दिएको छ । हुण्डाई कार भएकाहरुले हुण्डाई नेपालको आधिकारिक वेभसाइड मार्फत अनलाइन दर्ता फारम भरेर योजनामा सहभागी हुन सक्नेछन् ।

रोड टु रसिया अन्तगर्त २ जना हुण्डाई ओनरले रसिया जाने पाउने भएको हो । साथै भ्रमण प्याकेजका साथ वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट समेत पाउने भएको छ । योजनामा सहभागि हुनेले यही वैशाख २४ गते देखि असार १ गते फारम भर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

२०२२ सम्म हुण्डाई फिफाको आधिकारिक अटोमोटिभ पार्टनरको मुख्य प्रायोजक रहने जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL