Logo

श्री इन्भेष्टमेन्टले ल्यायो साढे २६ प्रतिशत बोनस सेयरको अफर, राष्ट्र बैंकमा पेश गर्दै

श्री इन्भेष्टमेन्टले ल्यायो साढे २६ प्रतिशत बोनस सेयरको अफर, राष्ट्र बैंकमा पेश गर्दै



काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्सले आफ्ना सेयरधनीलाई २६ दशमलव ५७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी संचालक समितिको शुक्रबार बसेको बैंठकले उक्त बोनस सेयरको प्रस्ताव गरेको हो ।

श्री इन्भेष्टमेन्टले ८३ प्रतिशत हकप्रद सेयर वितरण पश्चात हुन आउने चुक्ता पूँजीलाई आधार मानेर उक्त बोनस सेयर दिन लागेको हो । हकप्रद वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ६३ करोड २१ लाख रुपैयाँ पुग्नेछ । साथै सो चुक्ता पूँजीमा आधार मानेर बोनस सेयर वितरण गर्दा श्री इन्भेष्टमेन्टको चुक्ता पूँजी करिब ८० करोड रुपैयाँ पुग्नेछ ।

शुक्रबारको संचालक समितिले प्रस्ताव गरेको बोनस सेयरलाई स्वीकृतिका लागि कम्पनीले नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आएपश्चात कम्पनीको आगामी साधारणसभाबाट पास गराएर वितरण गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL