Logo

१ अर्बको औषधिजन्य जडीबुटी र ४० करोडको सुगन्धित तेल निर्यात, जडिबुटी उद्योग मैत्री कानुन बन्दै

१ अर्बको औषधिजन्य जडीबुटी र ४० करोडको सुगन्धित तेल निर्यात, जडिबुटी उद्योग मैत्री कानुन बन्दै



काठमाडौं । सातौ नेपाल हव्र्स आयुर्वेदा एक्स्पो २०७५ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । उक्त एक्स्पोको वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतले उद्घाटन गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले बन,जंगल र जडबिुटीको अधिकतम उपभोगगर्दै यसको उत्पादन, प्रशोधन र बितरणमा लाग्नुपर्ने बताए । उनले नयाँ संविधानको मर्म बमोजिम कानुनहरु निर्माण गर्ने चरणमा सरकार प्रबेश गरेकाले सरकारले जडीबुटी मैत्री कानुन निर्माणगरी समग्र यो ब्यवसायको विकासमा सहयोग गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेफाका अध्यक्ष गोबिन्द घिमिरेले जडीबुटी निर्यातमा १० वर्षमा १० प्रतिशतले मात्र बृद्धि भएको, निकासी जन्य जडीबुटीहरुमा कच्चा जडीबुटी भारत र चीन निकासी भइरहेको, सुगन्धित तेलहरु युरोप निर्यात भइरहेको बताए । साथै आर्थिक बर्ष २०७३ । ०७४ मा औषधिजन्य जडीबुटी ९९ सय करोड र सुगन्धित तेल ४० करोड जतिको निर्यात भएको उनले जानकारी दिए । नेपालमा ३ सय २० प्रजातिका जडीबुटी व्यापारमा आएको अध्ययनले देखाएको समेत उनको भनाइ थियो ।

संघका निवर्तमान अध्यक्ष तथा संसद पार्वत गुरुङले नेपाली जडीबुटीको विकासले हजारौ यो क्षेत्रमा लागेका ब्यवसायीलाई माथी उकास्ने बताउदै सरकार यो क्षत्रको विकासमा कटिवद्ध रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छले हामी अब आर्थिक विकासको बाटोबाट पछाडि फर्कन सक्ने अबस्थामा नरहेको बताए । यसका साथै उनले हरेक क्षेत्रको विकास आफ्नो आवश्यकता भएको भन्दै नेपाली जडिबुटीको उत्पादनसंगै भ्यालुएड गर्नुपर्ने, गुणस्तरमा जोड दिनुपर्ने र अन्र्तराष्ट्रिय बजारमा ब्रान्डीङ गर्नुपर्ने धारण व्यक्त गरे ।

कार्यक्रममा बोल्दै टिइपिसीका कार्यकारी निर्देशक शरद विक्रम रानाले जडीबुटी क्षेत्रले कुल निकासीको १ दशमलव ५ प्रतिशत हिस्सा ओगटेकाले यसलाई बढाएर कसरी काम गर्न सकिन्छ भन्ने बारे तयार रहेको बताए । सो मेलामा ७५ वटा स्टलसहित नेपालमा उत्पादन हुने स्वदेशी कच्चा पदार्थ जडीबुटी र त्यसबाट निर्मित वस्तुहरु प्रदर्शनीमा राखिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL