Logo

सामान्य उकालो लाग्यो नेप्से, कारोबार रकममा बृद्धि

सामान्य उकालो लाग्यो नेप्से, कारोबार रकममा बृद्धि



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य उकालो लागेको छ । कारोबार सुरु भएको केही समयसम्म दोहोरो अंकले उकालो लागेको नेप्से परिसुचक अन्तरमा घट्दै ५ दशमलव ७७ अंकले उकालो लागेको हो । यो साता बजार बन्द हुँदा समग्र नेप्से परिसुचक १ हजार ३ सय ६६ अंकमा पुगेर अडिएको छ ।

बजारमा अतिरिक्त र होटल बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुक ७५ अंकले बढ्दा लघुवित्त समुहको परिसुचक १६ दशमलव ५५ अंकले बढेको छ । तर, बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ३ दशमलव ५५ अंकले बढेको छ । बजारमा अन्य समुहका परिसुचक भने सामान्य उकालो लागेका छन् ।

बजारमा अघिल्लो दिनको तुलानामा कारोबार रकम भने केही बढेको छ । दिन भर कुल ७६ करोड ८३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ६९ कम्पनीको १४ लाख ६५ हजार कित्ता सेयर कारोबार भए ।
जसमा नेपाल बैंकको सबैभन्दा बढि ५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL