Logo

सिद्धार्थ सिमेन्टको बिक्रेता भेला, सिमेन्ट उत्पादन प्रविधिको बारेमा जानकारी

सिद्धार्थ सिमेन्टको बिक्रेता भेला, सिमेन्ट उत्पादन प्रविधिको बारेमा जानकारी



काठमाडौं । सिद्धार्थ सिमेन्टले चितवनमा बिक्रेता भेलाको सम्पन्न गरेको छ । कम्पनीले चितवन, नवलपरासी र मकवानपुरका १ सय २५ भन्दा बढी बिक्रेताहरुबीच सो भेला सम्पन्न गरेको हो ।

उक्त भेलालाई सम्बोन्धन गर्दै कम्पनीका प्रवन्ध निर्देशक रोहित अग्रवालले सिमेन्ट उत्पादन प्रविधि र योसंग जोडिएको चुनौती बारे जानकारी दिए । साथै कम्पनीका क्षेत्रीय बजार व्यवस्थापक सुमन पौडेल र नेशनल सेल्स म्यानेजर बिकासकुमार झा ले छुट्टाछुटै रुपमा सिद्धार्थ सिमेन्टका बारे आ–आफ्नो मन्तव्य व्यक्त गरे ।

भेला कार्यक्रममा बिक्रेताहरुको प्रतिनिधित्व गर्दै लाल बहादुर रानाले आफ्नो बिचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL