Logo

हाथवे फाइनान्सको नाफामा उच्च बृद्धि, खराब कर्जा उठौतीमा उल्लेख्य सुधार

हाथवे फाइनान्सको नाफामा उच्च बृद्धि, खराब कर्जा उठौतीमा उल्लेख्य सुधार



काठमाडौं । हाथवे फाइनान्सले आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले चालू आर्थिक बर्षको पहिलो ९ महिनामा १ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जबकि गत आबको सोही अबधिमा हाथवेको नाफा १० लाख ७१ हजार रुपैयाँ मात्र थियो ।

कम्पनीले सो अबधिमा निक्षेप संकलन तथा कर्जा परिचालनमा उल्लेख्य सुधार गरेको छ । गत आबको सो अबधिमा कम्पनीको निक्षेप २ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा १३ करोड ७१ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै कर्जा परिचालनमा पनि कम्पनी एग्रेसिभ भएको छ । सो अबधिमा बैंकले २२ करोड ८१ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ । जबकि गत आबको सोही अबधिमा कम्पनीले जम्मा ५१ लाख ९८ हजार रुपैयाँ मात्र कर्जा परिचालन गरेको थियो ।

सो अबधिमा हाथवेले खराब उठौतीमा पनि उल्लेख्य सुधार गरेको छ । गत आबको पहिलो ९ महिनामा कम्पनीको खराब कर्जा कुल कर्जा प्रवाहको ९१ प्रतिशत रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा उल्लेख्य सुधार हुँदै ८ दशमलव ३९ प्रतिशतमा झारेको छ । सो अबधिमा बैंकले आफ्नो चुक्ता पूँजी दोब्बरले बृद्धि गर्दै ३० करोड रुपैयाँ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL