Logo

‘कोक खाम् रसिया जाम’ योजनाको ४० बिजेताको नाम घोषणा, १० हजारले पाए उपहार

‘कोक खाम् रसिया जाम’ योजनाको ४० बिजेताको नाम घोषणा, १० हजारले पाए उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोकाकोला नेपालले संचालन गरेकोे उपभोक्ता प्रमोशन क्याम्पेन “कोक खाम् रसिया जाम” अभियान अन्र्तगत ४० भाग्यसाली बिजेताको नाम घोषणा गरेको छ ।

कम्पनीेले सो क्याम्पेनमा छनोट भएका सबै बिजेतालाइ आफ्नै खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका दिनेछ ।

यसका साथै कम्पनीले ४० जना विजेतालाई २४ इन्चको टेलिभीजन वितरण गरेको छ भने, १० हजार जनालाइ कम्पनीको लोगो अंकित विभिन्न बिशेष उपहार प्रदान गरेको छ ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘यो क्याम्पेन नेपाली कोकाकोलाका उपभोक्ताको लागि अविस्मरणीय भयो त्यसैले हामि निकै खुसी छौैं ।’ यसका साथै बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले उपभोक्ताबाट आशा गरेभन्दा धेरै राम्रो प्रतिकृया पाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL