Logo

एभरेष्ट इन्स्योरेन्सका सेयर धनीलाई १ः३ को अनुपातमा हकप्रद, ५ जना संचालक चयन

एभरेष्ट इन्स्योरेन्सका सेयर धनीलाई १ः३ को अनुपातमा हकप्रद, ५ जना संचालक चयन



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १ बरारबर ३ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सम्पन्न साधारणसभाले सेयर धनीलाई उक्त हकप्रद बिक्री गर्ने प्रस्ताव पारितर गरेको हो ।

यसैगरी कम्पनीको २३ औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई आर्थिक बर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय समेत पारित गरेको छ

साथै, कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक शेयरधनी कायम गर्नका लागि बोनस शेयर पश्चात हुन आउने कुल चुक्ता पूँजीमा कम्पनीका सेयरधनीहरुलाई १ः१.०५ को अनुपातमा हकप्रद सेयर जारी गरिने छ । त्यसपश्ताच कायम हुने सम्पूर्ण सेयरधनी (संस्थापक र सर्वसाधारण) लाई १ः३ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

सोही साधारणसभाले ५ जना संचालकहरु समेत चयन गरेको छ । जसमा राजिव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल र एन्जिला विष्ट गिरी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL