Logo

आईएमएस ग्रुपको २६ औं वार्षिकोत्सव, ग्राहक केन्द्रित सेवालाई प्राथमिकता

आईएमएस ग्रुपको २६ औं वार्षिकोत्सव, ग्राहक केन्द्रित सेवालाई प्राथमिकता



काठमाडौं । आईएमएस ग्रुपले नेपालमा आफ्नो २६ औं स्थापना दिबस मनाएको छ ।

मोबाइल ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस ग्रुपले गत शुक्रबार काठमाडौंमा २६ औं स्थापना दिबस मनाएको हो ।

कार्यक्रममा बोल्दै ग्रुपका अध्यक्ष दिपक मलहोत्राले भने कर्मचारीको लगनशिलताले गर्दानै २६ औं स्थापना दिबस मनाउन सफल भएको बताएका छन । उनले भने आगामी दिनहरुमा ग्राहक केन्द्रित सेवा दिन कम्पनी निरन्तर लागिरहने बताएका छन ।

टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्ने कम्पनीको दाबी रहेको छ ।

कार्यक्रममा कर्मचारीद्वारा बिभिन्न ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको ग्रुपले जानकारी दिएका छन । उक्त कार्यक्रममा कम्पनीले उत्कृष्ट कार्य गरेको भन्दै आफ्ना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

मोबाइल ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको आधिकारिक बिक्रेता आई.एम.एस ग्रुप अन्तर्गत २० कम्पनीहरु रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL