Logo

रोयल इन्फिल्डको ‘सर्भिस राइड’ कार्यक्रम, चालकलाई सडक सुरक्षा र ट्राफिक नियमको जानकारी

रोयल इन्फिल्डको ‘सर्भिस राइड’ कार्यक्रम, चालकलाई सडक सुरक्षा र ट्राफिक नियमको जानकारी



काठमाडौं । रोयल इन्फिल्डले ‘सर्भिस राइड’ कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोबाइल्सले शनिबार सर्भिस राइड कार्यक्रम गरेको हो ।

कम्पनीको शोरुम बालजुबाट सुरु भएको राइड माछापोखरी, सामखुसी, पानीपोखरी, महाराजगन्ज, बासँबारी, गोल्फुटार, हात्तिगौडा, बुढानिलकन्ठ, शिवपुरी हुँदै काठमाण्डौको शिवपुरी स्थित ग्रिनभ्याली रिर्सोट पुगेर सम्पन्न भएको थियो ।

राइडमा ३३ वटा रोयल इन्फिल्ड सहित ४० जना राइडहरुले सहभागीता जनाएको थियो ।

र्याल्लीको मुख्य उद्देश्य राइडरहरुलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना, पर्यावरण एंव वातावरण मैत्री सडक अनुसासनको सन्देश प्रवाह गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL