Logo

बजारमा बीमा सुक्यो बैंक फुल्यो, चिलिमेमा तानिए लगानीकर्ता

बजारमा बीमा सुक्यो बैंक फुल्यो, चिलिमेमा तानिए लगानीकर्ता



काठमाडौं । साताको अन्तिम दिन बजारमा बैंकिङ समुहको वर्सोच्च बढेको छ । अघिल्लो दिनसम्म बीमा र माइक्रो फाइनान्स समुहको कब्जा जमाएको सेयर बजारमा बिहीबार बैंकिङ समुह हाबी भएको छ ।

सातामा दैनिक ३ सयअंकभन्दा माथीले बढेको सेयर बजार बिहीबार ५१ अंकमा खुम्चिएको छ भने कारोबार रकम पनि सोही अनुरुप माथी गएको छ । बिहीबार उच्च कारोबार भएका १० कम्पनीमा जलविद्युत समुहका कम्पनी पर्न सकेनन् । जहाँ बैंकिङ समुहको बाहुल्यता रहेको छ ।

यसैगरी साताको सुरुका दिनमा बीमा र माइक्रोफाइनान्स समुहको परिसुचक उच्च रुपमा बढ्दा पनि स्थिर जस्तै रहेको बैंकिङ समुहको परिसुचक पछिल्लो समय उकालो लाग्न थालेको छ । बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक साताको अन्तिम दिन अर्थात बिहीबार करिब २५ अंकले बढ्न पुगेको छ ।

बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमार २५ दशमलव ५२ अंकले बढेर बन्द भएको छ भने समग्र नेप्से परिसुचक १ हजार ३ सय ८८ अंकमा पुगेर अडिएको छ ।

बिहीबार कारोबार रकम पनि बढ्दै १ अर्ब ११ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ६८ कम्पनी २६ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL