Logo

सेयरमा सम्पती कर र साउन १ गतेदेखि भ्याट अनिवार्य !

सेयरमा सम्पती कर र साउन १ गतेदेखि भ्याट अनिवार्य !



काठमाडौं । सरकारले सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) र सम्पती कर लगाउने भएको छ । अर्थमन्त्रालयले सेयर करोबारमा भ्याट र सम्पती कर लगाउने विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

पछिल्लो समय सेयर कारोबारको कमिशनमा भ्याट र त्यसरी आर्थिक गरेको रकममा सम्पती कर लगाउने विषयलाई छलफलमा लगिएको अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले जानकारी दिए । ‘हामीले भ्याट र सम्पती कर लगाउने विषयलाई चरणवद्ध रुपमा छलफल अघि बढाएका छौं,’ उनले भने, ‘कति प्रतिशत सम्पती कर लगाउने र भ्याट कसरी लगाउने भन्ने विषयमा टुङ्गोमा पुगिसकेको छैन ।’

खत्रीका अनुसार उक्त विषयमा आगामी दिनमा आउने सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गर्ने समेत जानकारी दिए । ‘हामी अहिले छलफलकै क्रममा छौं,’ उनले भने, ‘यसको ठोस निर्णय के हुन्छ सरकारको नीति तथा कार्यक्रम र बजेट आएपछि मात्रै थाहा हुनेछ ।’

गत हप्तामात्रै महालेखा परीक्षकको कार्यालयले आफ्नो ५५ औं प्रतिवेदन सार्वजनिक गर्दै सेयर ब्रोकरसँग १६ करोड रुपैयाँभन्दा बढि भ्याट र विगतका कारोबार रकमको पनि छानविन गर्न सरकारलाई निर्देशन दिएको थियो । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ अनुसार मूल्य अभिवृद्धि कर छुट नभएकोले सेयर करोबार तथा सेवाको आपूर्तिमा वापतको भ्याट सरकारले असुल गर्न नसेकेको उक्त प्रतिवेदनले औल्याएको थियो ।

गत हप्ता भएको छलफलमा सेयरमा भ्याट र सम्पती कर लगाउने विषयलाई सरकारका सम्बद्ध सरोकारवाला निकायले प्राथमिकताका साथ उठाएका छलफलमा सहभागी एक उच्च अधिकारीले जानकारी दिए । ‘अहिले गाउँमा सामान्य पुख्र्यौली सम्पती हुनेले सम्पती करको रुपमा मालपोत तिरो तिर्दै आएका छन् सोही अनुरुप करोडौं अर्बो रुपैयाँ लिएर बस्ने व्यक्तिलाई पनि कर लगाउनुपर्छ भन्ने विषयमा छलफल भएको छ,’ ती अधिकारीले भने, ‘त्यसरी आर्जित रकममा १५ वा २५ प्रतिशत कर लगाउने विषयमा छलफल भइरहेको छ ।’ अहिले सरकारले सेयर कारोबारबाट ५ प्रतिशत पूँजीगत लाभकर लिँदै आएको छ ।

विशेषगरी सम्पती आर्जन गर्ने सबैलाई कर लगाउनुपर्ने भन्दै सेयर करोबारबाट आर्जित गरिएको सम्पतीमा पनि कर लगाइने गरी छलफल अघि बढाइएको उक्त स्रोतको भनाइ थियो । गतहप्ता भएको छलफलमा अर्थसचिव राजन खनाल, राजस्व सचिव शिशिरकुमार ढुङ्गानालगायत राजस्वसँग सम्बन्धित उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL