Logo

ग्यालेक्सी एस ९प्लसको प्री बुकिङ खुल्ला, नेपाली बजारमा अप्रिल २३ देखि उपलब्ध

ग्यालेक्सी एस ९प्लसको प्री बुकिङ खुल्ला, नेपाली बजारमा अप्रिल २३ देखि उपलब्ध



काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एस ९प्लस सार्वजनिक गर्ने भएको छ ।

सामसुङले सो मोडलको गत मंगलबारदेखि प्रि बुकिङ पनि सुरु गरेको छ । बुकिङकर्तालाई बुकिङ गरे बापत ७ हजार २ सय बराबरको बोटल स्पीकर तथा अन्य उपहार प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

टर्किस एयरलाइन्सको टिकट खरिदमा १५ प्रतिशत, रुट्स फेशनमा खरिदमा १० प्रतिशत छुट र केजिएच होटेलमा ५ हजार रुपैंयामा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएका छन ।

उक्त स्मार्टफोनको खरि सँगै प्रयोगकर्ताले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि हरेक हप्ता १ हजार एमबी र १ वर्षे बीमा प्राप्त गर्नेछन् । सो फोनको बजार मूल्य १ लाख ९ हजार ९ सय रुपैंया रहेको भए पनि उपभोत्ताले ५ हजार रुपैंया क्यासब्याक पाउने छन् ।

उक्त फोन नेपाली बजारमा अप्रिल २३ देखि उपलब्ध हुने जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL