Logo

दरबारमा मार्गमा खुल्यो ‘किंङस् लाउञ्ज’, यस्ता छन विशेष्ता

दरबारमा मार्गमा खुल्यो ‘किंङस् लाउञ्ज’, यस्ता छन विशेष्ता



काठमाडौं । राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ ।

युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको उक्त रेष्टुराँमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाउने भएको हो । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक दर्शन भट्टराईले बताएका छन ।

‘अहिले सञ्चालनमा रहेका रेष्टुराँ भन्दा फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुराँ खोलेको अध्यक्ष रामचन्द्र श्रेष्ठले बताएका छन ।

रेष्टुराँमा सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन गरिने बताइएको छ । जसका लागि टेरेस रुम, भिआइपि रुम, लाईभ रुम, फेमेलि रुम लगायतको व्यवस्था गरिएको छ ।

करिब सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको उक्त रेष्टुराँ संचालनमा आएपनि औपचारिक उदघाटन भने केही दिन पछि गरिने बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL