Logo

एनआईसी एशिया ग्रोथ फण्ड नेप्सेमा सूुचिकृत, बजारमा आयो ८३ करोड ५२ लाख इकाई

एनआईसी एशिया ग्रोथ फण्ड नेप्सेमा सूुचिकृत, बजारमा आयो ८३ करोड ५२ लाख इकाई



एनआईसी एशिया ग्रोथ फण्डको ८३ करोड ५२ लाख ईकाइहरु नेप्सेमा सुचिकृत भएको छ । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एनआईसी एशिया ग्रोथ फण्डका ८३ करोड ५२ लाख ईकाइहरु नेप्सेमा सुचिकृत भएको हो ।

कम्पनीले ल्याएको ७ बर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डले धितोपत्र बोर्डबाटे निष्काशन गर्नका लागि अनुमती प्राप्तसर्वसाधारणमा ईकाइ बिक्री गरेको थियो । उक्त ईकाइहरु नेप्से र सिडिएस एण्ड क्लियरिमा सुचिकृत गराई धितोपत्रको दोश्रो बजारमा कारोबार खुला गरिएको हो ।

कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । एनआईसी एशिया ग्रोथ फंड दोश्रो बजारमा “NICGF” नाममा कारोबार हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL