Logo

नाडामा यसरी भयो पदाधिकारी चयन, दुलालसहित ४ जना बने उपाध्यक्ष

नाडामा यसरी भयो पदाधिकारी चयन, दुलालसहित ४ जना बने उपाध्यक्ष


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पदाधिकारी चयन गरेको छ । नाडाको नवनिर्वाचित कार्यसमिति सदस्यबाट नाडाको पदाधिकारी चयन गरिएको हो ।

नाडा कार्यसमितिको पहिलो बैंठकले नयाँ पदाधिकारी चयन गरेको हो । पदाधिकारी चयनसँगै नवनिर्वाचित अध्यक्षलगायत अन्य पदाधिकारीहरुलाई सोमबार नै सपथ तथा पदभार ग्रहण गरिएको छ ।

नाडाको कार्यसमितिले उपाध्यक्षमा ४ जनालाई चयन गरेको छ । जसमा संस्थागत उपाध्यक्षतर्फ धु्रवबहादुर थापा र नारायणप्रसाद कंडेल चयन हुँदा साधारण उपाध्यक्षमा कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी चयन भएका छन् ।

यसैगरी महासचिवमा सुनिल रिजाल, सचिवमा सचिव अनुप बराल , कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेति र सहकोषाध्यक्षमा विक्रम सिंहानिया चयन भएका छन् ।

यस्तै सदस्यहरुमा संस्थागततर्फ नवराज डल्लाकोटी र माधवप्रसाद पौडेल निर्वाचित हुँदा साधारण सदस्यहरुमा करणकुमार चौधरी, अभिक ज्योति, सुरज भट्टराई, दिपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर शाही, निलमणी पाठक निर्वाचित भएका थिए । साथै नाडाको नवनिर्वाचित अध्यक्ष शम्भुप्रसाद दाहालले निराकार श्रेष्ठ, आकाश गोल्छा र राजनबाबु श्रेष्ठलाई मनोनित समेत गरिसकेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL