Logo

एप्पल वल्डको ‘नयाँ बर्षमा नयाँ मोबाइल’ अफर, पुरानो सेट ल्याउनु नयाँ लैजानुस

एप्पल वल्डको ‘नयाँ बर्षमा नयाँ मोबाइल’ अफर, पुरानो सेट ल्याउनु नयाँ लैजानुस



काठमाडौं । नयाँ वर्षको अवसरमा एप्पल वल्र्ड मोबाइलले एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ । दरबारमार्ग स्थित एप्पल वल्र्र्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न सकिने अफर ल्याएको हो ।

एक हप्ता सम्म चल्ने उक्त एक्सचेञ्ज अफरमा खरिद तथा मर्मतमा ५० प्रतिशतसम्म छुट दिएको एप्पल वल्र्र्ड मोबाइलले जानकारी दिएको छ । बैशाख १ गतेदेखि ८ गतेसम्म संचालन हुने ‘नयाँ बर्षमा नयाँ मोबाइल’ अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

यसै बिच एप्पल वल्र्ड मोबाइलका साथै केएल मोबाइल हब चाबहिल, सिटिसी मलमा रहेको द वल्र्ड भिजन, ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा सञ्चालन गरिएको दशैं तिहार उपहार योजनाका विजेतालाई उपहार प्रदान गरेको छ ।

दशैं तिहारको उपहार योजनाको पहिलो उपहार यमाहाको मोटरसाइकल नबिन श्रेष्ठले हात पारेका छन । सफल न्यौपानेले दोस्रो उपहार आइफोन ८, सुरज महर्जनले तेस्रो उपहार अन्तर्गत मलेसिया तथा सिगांपुर ट्रिप हात पारेका छन ।

त्यस्तै चौथो उपहार पाउने शिक्षा लामाले भिभो मोबाइल, पाँचौ उपहार विजेता एन्जी शेर्पाले जिटी एस सिक्स मोबाइल तथा छठौ उपहार पाउने रामेश्वर उप्रेतिले लेनेभोको मोबाइल प्राप्त गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL