Logo

यामाहाको ‘रिसेल प्रोमिस’ सार्वजनिक, एक्सचेन्जमा ६५ देखी ७५ प्रतिशत छुट

यामाहाको ‘रिसेल प्रोमिस’ सार्वजनिक, एक्सचेन्जमा ६५ देखी ७५ प्रतिशत छुट



काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटरको खरिदमा ‘रिसेल प्रोमिस’ घोषणा गरेको छ ।

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका ‘रिसेल प्रोमिस’ को घोषणा सार्वजनिक गरेको हो ।

‘रिसेल प्रोमिस’ अन्तर्गत यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्ष भित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पाउने भएका छन । यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा ७० प्रतिशत र १८ महिना देखी २ बर्ष सम्म ६५ प्रतिशत पाउने कम्पनीले जानकारी दिएका छन ।

नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाइ बढाउँछ ।

यो योजना चैत १ गतेदेखि ३ वर्ष सम्म रहने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL