Logo

परासीमा महिन्द्राको शोरुम, टु ह्वीलरका सम्पूर्ण पार्टस हरु उपलब्ध

परासीमा महिन्द्राको शोरुम, टु ह्वीलरका सम्पूर्ण पार्टस हरु उपलब्ध



काठमाडौं । महिन्द्रा टु ह्वीलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले परासी बजारमा आफ्नो नयाँ शाखा शोरुम सञ्चालनमा ल्याएको छ ।
विभिन्न सेवा सहित कम्पनीले आइतबार बाट सो शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुमको उद्घाटन पछि सो क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट महिन्द्रा टुह्वीलरको सम्पूर्ण पार्टस हरु सम्बन्धी गुणस्तरीय सेवा पाउने कम्पनीको विश्वास रहेको छ ।

सो सोरुम केवल सवारी विक्री गर्नमा मात्र केन्द्रित नभई ग्राहकमुखी, तीव्र सेवा तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान दिएको वारिस अटोमोबाइल्सका सन्चालक ईरफान वारिसले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL