Logo

दराजको नयाँ बर्ष अफर, नेपाली उत्पादनको खरीदमा ८१ प्रतिशत छुट

दराजको नयाँ बर्ष अफर, नेपाली उत्पादनको खरीदमा ८१ प्रतिशत छुट



काठमाडौं । अनलाइन मार्केट प्लेस दराज डटकमले नयाँ बर्षको अवसरमा छुट योजना सुरु गरेको छ ।

कम्पनीको सो योजना बैसाख १ गतेबाट ५ दिनका लागि लागु हुने भएको हो । सो छुट योजनामा कम्पनीले स्वदेसी सामानको खरीदमा ८१ प्रतिशतसम्म छुट दिने जानकारी दिएको छ ।

कम्पनीले ‘स्वदेशी सामानमा रमाऔं, नयाँ वर्ष मनाऔं’ नाराका साथ लत्ता कपडा, व्याग, जुत्ता चप्पल लगायतका नेपाली उत्पादनको खरिदमा ८१ प्रतिशत छुट दिने भएको हो ।

यसका साथै छुट योजना सुरु भए पछिका पहिलो २ सय जनाले कम्तीमा १ हजार रुपैंयाको सामान खरिद गर्दा २५० रुपैंया थप छुट पाउने छन् ।

नेपाली उत्पादनको प्रवद्र्धन गर्नका लागि अनलाइन मार्केट प्लेसमा यस्तो छुट योजना सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL