Logo

आजदेखि अनलाईन सेयर खरिदबिक्री आदेश, धितोपत्र बोर्डका अध्यक्ष कार्कीेबाट सुरुवात

आजदेखि अनलाईन सेयर खरिदबिक्री आदेश, धितोपत्र बोर्डका अध्यक्ष कार्कीेबाट सुरुवात



काठमाडौं । आजदेखि सेयर खरिदबिक्रीको आदेश अनलाइन प्रणालीबाट हुने भएको छ । अनलाईन सेयर खरिदबिक्री आदेशको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादूर कार्कीले गर्ने भएका छन् ।

धितोपत्र बोर्डले लगानीकर्ताको हितलाई दृष्टिगत गर्दै धितोपत्रको कारोबार प्रकृयालाई थप सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री बनाउन अनलाईनमार्फत सेयर खरिदबिक्री आदेश दिन मिल्ने व्यवस्था गर्न चैत ३० गते निर्देशन दिएको थियो । सोही अनुरुप आज एक कार्यक्रमकाबीच बोर्डका अध्यक्ष कार्कीले अनलाईन खरिदबिक्रीको औपचारिक उद्घाटन गर्न लागेका हुन् ।  बोर्डका अध्यक्ष कार्कीले क्रिष्टल कन्चनजंघा सेक्यूरिटीज्मार्फत अनलाईन खरिदबिक्री आदेशको सुरुवात गर्ने भएका छन् ।

यस अघि ब्रोकर अफिसबाट खरिदबिक्री र्फर्म भरेर सेयर खरिदबिक्री गर्नुपर्ने व्यवस्था भएकोमा अबका दिनमा अनलाईबाटै आदेश दिन सकिनेछ । यस अघि बोर्डले धितोपत्र दलाल व्यवसायीको कार्यालयमा रहने कारोबार सम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न हाल उपयोग गरिरहेको ब्रोकर व्याक अफिस सफ्टवेरमा इन्टरनेटमार्पmत प्राप्त धितोपत्र कारोबार गर्न खरिद बिक्री आदेश दिने व्यवस्था गर्न फागुन २६ मा परिपत्र जारी गरेको थियो । सोही अनुरुप अबका दिनमा अनलाई सेयर खरिदबिक्री आदेश दिन मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL