Logo

फेसबुकमा आएको गलत सुचनाबारे मन्त्रालयको ध्यानकर्षण, अघि बढ्यो कारबाही प्रक्रिया

फेसबुकमा आएको गलत सुचनाबारे मन्त्रालयको ध्यानकर्षण, अघि बढ्यो कारबाही प्रक्रिया



काठमाडौं । सुचना तथा सञ्चार मन्त्रालयले केहिदिन अघिदेखि सामाजिक सञ्जाल फेसवुकमा आएको गलत सुचनामा ध्यानाकर्षण गरेको छ । मन्त्रालयको लेटरप्याडमा पुर्व सूचना तथा सञ्चार मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकमा २०७५ बाट पूर्ण रुपमा फेसवुक बन्द गर्ने सुुचना प्रति मन्त्रालयले ध्यानाकर्षण गरेको हो ।

मन्त्रालयका अनुसार यसप्रकारको सुचनाले भ्रम फैलाउने हुनाले कसैले सो सुचना अपलोड नगर्न अनुरोध गरेको छ । यसका साथै मन्त्रालयले सो सुचना अनुसारको कुनै निर्णय नगरेको र सो गलत सुचना फैलाउनेमाथि कानुनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा अनुरोध गरिसकेको जानकारी दिएको छ ।

साथै मन्त्रालयले कसैले सो सुचना पोष्ट गरेको भए हटाउन पनि अनुरोध गरेको छ । ‘फेसबुक बन्द भनेर अनावश्यक रुपमा फैलाइएको गलत सूचना हो,’ मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले भनेका छन्, ‘यसबारे कानुनी प्रक्रिया अघि बढिसकेकाले भ्रममा नपरिदिनुहुन अनुरोध छ ।’

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL