Logo

सेयर बजारलाई कारोबार रकमले पनि छाड्यो साथ, के होला अब ?

सेयर बजारलाई कारोबार रकमले पनि छाड्यो साथ, के होला अब ?



काठमाडौं । अघिल्लो हप्ता बजारमा उच्च उतारचढाव हुँदै कारोबार रकम बढेकोमा यो हप्ता कारोबार रकममा गिरावट आएको छ । आईतबार कारोबार रकममा गिरावट आउँदै ३१ करोड रुपैयाँमा सिमित भएकोमा  सोमबार  २० करोड रुपैयाँमै सिमित हुन पुग्यो ।  सोमबार  बजारमा दिनभर सामान्य उतारचढाव हुँदै अन्तमा ३ दशमलव २८ अंकले घटेको छ ।

अघिल्लो हप्ता बजार घट्दा पनि कारोबार रकमले साथ दिएको लगानीकर्तालाई अहिले नेप्से परिसुचक र कारोबार रकम दुबैले निरास बनाएको छ । नेप्से ओरालो लाग्दै कारोबार रकममा उच्च गिरावट आउनु समग्र बजारका लागि नकारात्मक भएको एक लगानीकर्ताको भनाई थियो । ‘पहिला बजार घट्दा पनि कारोबार रकम बढ्यो र लगानीकर्तालाई आशा जगाउथ्यो,’ ती लगानीकर्ताले भने, ‘तर, पछिल्लो समय परिसुचक र कारोबार रकम दुबैमा ओरालो लागेको छ जुन सेयर बजारको नकारात्मक पक्ष हो ।’

सोमबार  बजारमा कुल १ सय ५६ कम्पनीका १० लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ । जसमा कुल २० करोड ५९ लाख रुपैयाँको मात्र सेयर कारोबार भयो । बजारमा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल लाईफ इन्स्योरेन्स बाहेक अन्य कम्पनीको कारोबार रकम १ करोड रुपैयाँ माथी पुग्न सकेन ।

बजारमा फाईनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक ३३ अंकले घट्दा बजारमा प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि २ अंकको मात्र गिरावट आएको छ ।  सोमबार बजारमा सबै जसो समुहको परिसुचकमा सामान्य गिरावट आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL