Logo

अर्थमन्त्रीले भने, अपारदर्शिता र लगानीकर्तामा ज्ञानको कमीले गर्दा सेयर बजारमा उतारचढाव

अर्थमन्त्रीले भने, अपारदर्शिता र लगानीकर्तामा ज्ञानको कमीले गर्दा सेयर बजारमा उतारचढाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिववडाले सेयर बजारमा पारदर्शिताको कमीले गर्दा दैनिकजसो उतारचढाव आउने गरेको बताए । उनले श्वेतपत्र जारी गर्दै यस्तो बताएका हुन् ।

पछिल्लो समय सेयर बजारमा इन्साइडर ड्रेडिङ (अपारदर्शी कारोबार) बढेको भन्दै सम्बद्ध नियामक निकाले पनि त्यसलाई चासो देखाएको थियो । सोही अनुरुप श्वेतपत्रले पनि पूँजी बजार पारदर्शी हुन नसक्नु नै दैनिक रुपमा उच्च रुपमा घटवढ हुनुको मुख्य कारण रहेको औल्याएको छ ।

विेशषगरी पूँजी बजार कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव तथा लगानीकर्ताहरुमा सेयर बजार लगानी सम्बन्धी ज्ञानको कमीले गर्दा बजारमा प्रभाव परेको अर्थमन्त्री खडिवडाले जानकारी दिए । खासगरी साना लगानीकर्ताले हचुवाको भरमा पूँजी बजारमा लगानी गर्दा समस्या उत्पन्न भएको उनको तर्क थियो ।

यसैगरी सिमित लगानीकर्ता तथा वित्त बजारको तरलताको अभागले गर्दा पनि पूँजी बजारमा नकारात्म असर पारेको श्वेत पत्रमा उल्लेख गरिएको छ । बढ्दो व्याजदर सेयर निष्काशन तथा आपूर्तिमा भएको बृद्धिका कारण सेयर मूल्य प्रभावित भएको समेत उनको तर्क थियो ।

अर्थतन्त्र साधन परिचालनमा पूँजी बजार सशक्त माध्यम भएपनि हाल यो धितोपत्रमा मात्र सिमित भएको भन्दै पूँजी बजारमार्फत रकम परिचालन गर्न संस्थागत र नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाई थियो । अहिले सेयर बजारमा ठूलाभन्दा साना लगानीकर्ता बढी आएको भन्दै त्यसमा नीतिगत सुधार आवश्यक श्वेतपत्रले म्याण्डेड दिएको छ । हाल पूँजी बजारमा बैंक तथा वित्तीय क्षेत्रको मात्र हावी रहेको र त्यसमा सामान्य गढबढी हुने वित्तिकै बजारमा उच्च रुपमा उतारचढाव आउने गरेको उनले जानकारी दिए ।

यसैगरी इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले भने हाल सरकारले ल्याएको श्ेवतपत्रले पूँजी बजारको समस्या पत्ता लगाएको र आगामी दिनमा आउने सरकारको नीति तथा कार्यक्रमले यसलाई सम्बोधन गर्नेमा आशावादी गरेको बताए । ‘श्वेतत्रप भनेकै समस्या अजागर गर्ने एउटा माध्यम हो,’ उनले भने, ‘श्वेतपत्रले जुन समस्या पैल्याएको छ त्यसलाई अबका दिनमा आउने नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्नेमा हामी ढुक्क छौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL