Logo

जेसीबीका ग्राहक पुनेस्थित प्लान्टको भ्रमणमा, मेशिन निर्माणको जानकारी

जेसीबीका ग्राहक पुनेस्थित प्लान्टको भ्रमणमा, मेशिन निर्माणको जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबीका नेपाली ग्राहकलाई पुनेस्थित प्लान्टको भ्रमण गराएको छ ।

नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले आफ्ना ग्राहकलाई भारतको पुनेस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण गराएको हो ।

भ्रमणका क्रममा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीका एस्काभेटर, ह्विल्ड लोडर र कम्पाक्टरको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गरेको कम्पनीले जानकारी दिएको छ ।

पुनेस्थित प्लान्ट बेलायत बाहिर जेसीबीको सबैभन्दा ठूलो डिजाइन सेन्टर भएको तथा प्लान्टमा जेसीबीका फेब्रिकेसनको उत्पादन हुने र उत्पादन गरिएका मेसिनहरु भारत लगायत ६५ मुलुकमा विक्री वितरण हुने अर्थमुभर्सले जानकारी दिएको छ ।

भ्रमणका क्रममा प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ भन्ने जानकारी लिएको र भ्रमण फलदायी भएको एक सहभागि सुदनराज जोशीले बताए । ‘जेसीबी मेसिन कसरी बनाइन्छ भन्ने हेर्न पाउनु ठूलो अवसर हो । यो दुर्लभ मौका दिएकोमा एमएडब्लुलाई धन्यवाद दिन चाहन्छु ,’ जोशीले भने ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशत रहेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL