Logo

सामसुङका एस ९ र एस ९ प्लसको वितरण शुरु

सामसुङका एस ९ र एस ९ प्लसको वितरण शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्मार्टफोन ब्रान्ड सामसङले गत मार्च २३ देखि प्रिबुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एस ९ र एस ९ प्लसको वितरण सुरु गरेको छ ।

मोबाइल शाखाका प्रमुख प्रणय रत्न स्थापितको उपस्थितिमा सामसुङको मुहारका रुपमा रहेकी ज्योत्सना योगीले उक्त फोनहरुको अनावरण गरेकी हुन । कम्पनीले मंगलबारबाट ति फोनहरुको वितरण शुरु गरेको छ ।

प्रमुख, स्थापितले पुनः परिमार्जित गरिएको क्यामेरासँग अब ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू कुनै स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउने जानकारी दिए ।

सो फोनहरुमा सुपर स्लो–मो र एआर ईमोजी जस्ता विशेषताहरू रहेका छन । साथै उक्त फोनहरुको बजार मूल्य क्रमश ९२ हजार ,९ सय र ८७ हजार ९ सय रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL