Logo

आईएमईको नयाँ योजना, ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’

आईएमईको नयाँ योजना, ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमईले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । २०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी ३ महिना कायम हुने यस योजना अन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीले साप्ताहिक ‘लक्की लक्की ड्र’ मा डिस होम, मासिक ‘लक्की लक्की ड्रमा स्मार्ट फोन र बम्पर ‘लक्की लक्की ड्र’ मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिमा गरिएका कारोबारको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वति मार्फत हुने र सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारका माध्यम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै मलेसियास्थित रिया आइएमईले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ । यो योजना चैत ०६, ०७४ देखि वैशाख गतेसम्म कायम हुनेछ । यस योजना अन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL