Logo

नेपालमा भित्रियो अष्ट्रेलियाको खेम्स क्लिनिङ्, १ हजारलाई रोजगारी

नेपालमा भित्रियो अष्ट्रेलियाको खेम्स क्लिनिङ्, १ हजारलाई रोजगारी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित खेम्स क्लिनिङ् नेपालमा भित्रिएको छ । सरसफाइको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल खेम्स नेपालमा भित्रिएको हो ।

अष्ट्रेलियन सिप र प्रविधिको प्रयोग गरी नेपालमा पनि अन्तरराष्ट्रियस्तरको सरसफाइको सेवा दिने प्रमुख उद्देश्यका साथ कम्पनीको फ्रेन्चाइज लिइए खेम्स क्लिनिङ् नेपालका प्रबन्ध निर्देशक विश्वास अधिकारीले बताए । कम्पनीले नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलको १ महिना सरसफाइ गरेपछि निकै चर्चामा आएको थियो । त्यस लगत्तै कम्पनीले पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइको कार्य गरिरहेको छ ।

विगत एक दशकदेखि अष्ट्रेलियाको सिड्नीमा सरसफाइ कार्य गर्दै आएको कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा काम गर्नेछ । ‘कम्पनीले नेपालमा विभिन्न क्षेत्रमा काम गरेर गुणस्तरका विभिन्न सरकारी कार्यालय, विमानस्थल तथा अस्पतालहरुमा आफ्नो सेवा दिँदै आएको छ । र सीप प्रमाणित गरिसकेको छ,’ उनले भने, ‘अन्तराष्ट्रियस्तरको सरसफाइको सेवा नेपालमा पनि आवश्यक छ । त्यसैले हामीले विल्कुल नयाँ किसिमको स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले खेम्स क्लिनिङलाई नेपालमा ल्याएका हौं ।’

उनले कम्पनीले नेपालमा व्यवसायिक रुपमै काम सुरु गरिसकेको बताए । खेम्स क्लिनिङको नेपाल शाखामा अहिले करिब एकसय जनाले रोजगारी पाएका छन् । कम्पनीले शैक्षिक बेरोजगार तथा स्कूल÷कलेजका विद्यार्थीहरुलाई लक्षित गरेर आंशिक रोजगारी प्रदान गर्ने गरेको अधिकारीले बताए । ‘गुणस्तरीय तथा अन्तरराष्ट्रियस्तरको सरसफाइको लागि हामीले खेम्स क्लिनिङलाई नेपाल ल्याएका हौं,’ उनले भने, ‘हामीले नेपालमा अन्तरराष्ट्रिय गुणस्तरको सरसफाइ सेवा उपलब्ध गराउने छौं ।’

कम्पनीले सरसफाइलाई एउटा व्यवसायको रुपमा पनि विकास गर्न सकिन्छ र यो व्यवसाय पनि अन्य व्यवसाय जस्तै सम्मानित व्यवसाय हो भन्ने प्रमाणित गर्नका लागि पनि हामीहरुले यसमा लगानी गरिएको उनको दावी थियो । साथै कम्पनीले बजारमा रहेका अन्य कम्पनीभन्दा आफूहरु अलग रहेका प्रमाणित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल तथा पशुपतिनाथ मन्दिरको सरसफाइले स्पष्ट पारेको उनको दावी थियो । कम्पनील आगामी १ वर्षभित्र १ हजार भन्दा बढी व्यक्तिलाई रोजगारी दिने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL