Logo

कतार एयरवेज र बायर्न मुन्चेनबीच साझेदारी, ५ बर्षलाई प्लाटिनम पार्टनर

कतार एयरवेज र बायर्न मुन्चेनबीच साझेदारी, ५ बर्षलाई प्लाटिनम पार्टनर


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । कतार एयरवेजले जर्मनको फुटबल क्लव बायर्न मुन्चेन एजीसँग ५ बर्षको लागि साझेदारी सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार सन २०२३ को जुनसम्म कतार एयरवेज बायर्न मुन्चेन एजीकोे प्लाटीनम पार्टनर हुनेछ । एयरवेजले जर्मनीको आइटिबीमा पत्रकार सम्मेलनको आयोजना गरी सोको बारेमा जानकारी दिएको हो ।

कम्पनीको उक्त साझेदारी सम्झौता जुलाइ १ देखी सुरुवात हुनेछ । र कम्पनीको लोगो पनि सोही समयदेखि देख्न सकीने छ ।

कतार एयरवेजका मुख्य कार्यकारी अकवर अल बेकर र बायर्न मुन्चेनका चेयरमेन कार्ले हेन्ज रमेगींजले बर्लीन आइटिविमा भेट गरेका थिए । सो कार्यक्रममा बोल्दै अकवर अल बेकरले आफु जर्मनीकै राम्रो टिमसँग साझेदारी गर्न पाएकोेमा खुसी रहेको जानकारी दिए ।

यसका साथै उनले यस साझेदारीले कतार एयरवेज र जर्मनीको सम्बन्ध अझ सुदृढ हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL