Logo

नेप्सेमा परिसुचक र कारोबार दुबै ओरालो, ७० प्रतिशत बोनस अफर गरेको नेपाल लाईफको मूल्य किन घट्दैछ ?

नेप्सेमा परिसुचक र कारोबार दुबै ओरालो, ७० प्रतिशत बोनस अफर गरेको नेपाल लाईफको मूल्य किन घट्दैछ ?


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेपनि नेप्से परिसुचक भने दैनिक रुपमा ओरालो लागेको छ । सोमबार बजार खुलेको केही समय सामान्य बजार उकालो लागेपनि त्यसलगत्तै घटेको बजारमा ८ दशमलव ४४ अंकले गिरावट आएको छ । बजारमा लगानीकर्ताहरु घटेर सेयर नबेच्ने मनस्थितीमा बसेपनि परिसुचक भने दैनिकजसो ओरालो लागेको छ ।

बजारमा सोमबार पनि प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचकमा ५० अंकको गिरावट आएको छ भने बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ८ दशमलव ८५ अंकले घटेको छ ।

यसैगरी, होटल समुह ३२, जलविद्युत समुह २२ र माइक्रोफाइनान्स समुहको परिसुचक १० अंकले घट्न पुगेको छ । तर, बजारमा उत्पादनमुलक, अतिरक्ति र व्यापार समुहका परिसुचक भने सामान्य बढेका छन् ।

बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । आईतबार कारोबार रकम बढेर ३० करोड रुपैयाँ पुगेकोमा सोमबार घट्दै २६ करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ ।

सोमबार नेपाल लाईफ इन्स्योरेन्स, नागरिक लगानी कोष र नविल बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । नेपाल लाईफले केही समयअघि मात्रै लगानीकर्तालाई ७० प्रतिशतभन्दा बढी बोनस दिने बम्पर अफर घोषणा गरेपनि लगानीकर्ताले भने घट्दो मूल्यमा सेयर बिक्री गर्दै आएका छन् ।

नेपाल लाईफले आगामी दिनमा बस्ने साधारणसभावाट संस्थापक र साधारण सेयरको हिस्सा परिमार्जन गरी बजारमा ठूलो संख्यामा सेयर ल्याउने भएकाले लगानीकर्ताले बोनसको अफर आउँदा पनि घटेरै भएपनि सेयर बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL