Logo

नेप्सेमा दोहोरो अंकको पहिरो, सबै समुहका परिसुचक ओरालो

नेप्सेमा दोहोरो अंकको पहिरो, सबै समुहका परिसुचक ओरालो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुुलेको केही समय सामान्य उकालो लागेर घट्न शुरु गरेको नेप्से परिसुचकमा अन्तमा ९ दशमलव ४० अंकको गिरावट आएको छ ।

आईतबार बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल समुहको परिसुचक घटेको छ । उक्त समुहको परिसुचक ७० अंकले घट्दा नेप्सेमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ६ दशमलव ५५ अंकले घट्न पुगेको छ ।

यसैगरी, बीमा समुहको परिसुचक ५२ अंकले घट्दा उत्पादनमुलक समुहको परिसुचकमा २६ अंकको गिरावट आएको छ । बजारमा जलविद्युत समुहको परिसुचक ३३, विकास बैंक १२ र माइक्रोफाइनान्स ११ अंकले घटेको छ ।

बजारमा नेप्से परिसुुचक घटेपनि कारोबार रकममा भने केही सुधार आएको छ । गतहप्ता दैनिक कारोबार २० करोड रुपैयाँभन्दा तल झरेको बजारमा आज ३० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

बजारमा नेपाल लाईफ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको कारोबार २ करोड रुपैयाँभन्दा माथी भएको छ । तर, अन्य कम्पनीका भने सोभन्दा तल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL