Logo

मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल नियुक्त, जेठबाट कार्यभार सम्हाल्ने

मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल नियुक्त, जेठबाट कार्यभार सम्हाल्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रद्युमन पोखरेल नियुक्र भएका छन । बैंकको शुक्रबार भएको संचालक समितिका बैंठकले पोखरेललाई आगामी ४ बर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

बाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेल २०७३ मंसिर देखिनै सोही बैकमा नायब प्रमुख कार्यकारी अधिकृतका पद सम्हाल्दै आएका थिए । उनललाई बढुवा गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंक द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पोखरेलले २०७५ जेष्ठ १ गते देखि कार्यभार सम्हाल्नेछन् । बैँकको प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल बैशाख मसान्तमा सकिँदै छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL