Logo

यामाहाको ‘आमन्त्रण’, शतप्रतिशत ‘क्यास ब्याक’ अफर

यामाहाको ‘आमन्त्रण’, शतप्रतिशत ‘क्यास ब्याक’ अफर


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । यामाहा मोटरसाइकल तथा स्कुटीको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले चैत १ गते देखी नयाँ ग्राहक योजना ल्याएको छ ।

‘आमन्त्रण’ नाम रहेको यो योजनामा ग्राहकले यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा स्क्र्याच बुक पाउने छन । सो स्क्रयाच बुकमा ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको ‘स्योर सट डिस्काउन्ट’ र शतप्रतिशतसम्म ‘क्यास ब्याक’ अफर रहेको कम्पनीले जानकारी दिएको छ ।

‘नयाँ बर्ष २०७५ लाई लक्ष्ति गर्दै यस्तो योजना ल्याएको एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक प्रदिप पोखरेलले बताए । यो पटक स्क्र्याच कार्ड नभई स्क्र्याच बुक ल्याएको छ जसलाई कोट्याएर ग्राहकले विभिन्न उपहार र पुरस्कार पाउने पोखरेलले बताए ।

५ पाना रहेका उक्त स्क्रयाच बुकमा पाँच हजार देखि ५० हजार रुपैयाँसम्मको ‘स्योर सट डिस्काउन्टका साथै सर्भिस डिपार्टमेन्टको फ्रि सर्भिसिङ, माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल लगायतका उपहार पाउने पोखरेलले बताए । साथै यामाहाले ‘सेल्फी खिचौं न’ नामक फेसबुक कन्टेस्ट शुरु गरेको छ । यो कन्टेस्टमा सहभागी बिजेताले दैनिक ‘सप्र्राइज गिफ्ट’ पाउने छन । यो योजना चैत १ गते देखी बैशाख ३१ सम्म रहने जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL