Logo

नाडामा बढ्यो चुनावी सरागर्मी, अध्यक्षमा अन्जन र शम्भु भिड्दै

नाडामा बढ्यो चुनावी सरागर्मी, अध्यक्षमा अन्जन र शम्भु भिड्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल अटोमोवाइल डिलर्स एशोसिएशन (नाडा)मा चुनावी सरागर्मी बढेको छ । यही चैत २६ गते हुने नाडाको चुनावका लागि प्रचारप्रसार तथा लविङलाई तिव्र पारिएको नाडाका एक सदस्यले जानकारी दिए ।

आगामी दिनमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहाल भिड्ने भएका छन् । अन्जन हाल नाडाका अध्यक्ष हुन् भने दाहाल उपाध्यक्ष हुन् ।

अध्यक्ष पदका लागि हालसम्म सर्वसम्मतीमा टुङ्ग्याउने प्रयास भएपनि अन्तिम सम्ममा चुनाव नै हुने पक्का जस्तै भएको नाडाका एक अधिकारीले जानकारी दिए । नाडामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा सदस्य गरी कुल २१ सदस्य भएपनि २० सदस्य र अध्यक्षका लागि मात्र चुनाव हुने छ । नाडाको अन्य पद भने कार्यसमितिबाटै चयन गरिनेछ ।

अन्तिमसम्ममा सर्वसम्मती नभएमा प्यानल नै बनाएर चुनाव उठ्ने तयारी गरिएको समेत उक्त स्रोतको दावी थियो । हाल नाडाको चुनावमा देशभरबाट ९ सय ६४ मदतादाले भोट हाल्न पाउनेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL