Logo

शाखा कार्यालय विस्तारमा एग्रेसिभ हुँदै सगरमाथा इन्स्योरेन्स, एकै दिन खोल्यो ९ शाखा

शाखा कार्यालय विस्तारमा एग्रेसिभ हुँदै सगरमाथा इन्स्योरेन्स, एकै दिन खोल्यो ९ शाखा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले एकै दिन ९ कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले एकै दिन ६ शाखा तथा ३ उप शाखा संचालनमा ल्याएको हो ।

कम्पनीले बीमा ब्यवसायलाई ग्रामीण स्तरसम्म प्रबद्र्धन गर्ने उद्देश्य अनुरुप आजबाट थप ९ कार्यालय संचालनमा ल्याएको हो ।

कम्पनीको संचालक पद्यम ज्योति तथा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बाराको सिमरा शाखाको संयुक्त उदघाटन गरेको जनाएको छ । क्षेत्रीले सिमरा लगायत धरान, पोखरा, रुपन्देही, सल्यान, कञ्चनपुर शाखा तथा चितवन, पाल्पा, रुकुममा उपशाखा संचालनमा ल्याएको बताए ।

सोही अवसरमा क्षेत्रीले बीमा सेवा विस्तार गर्न कम्पनी लागि पर्ने बताएका छन । तराई यातायात ब्यवसायी संघकका अध्यक्ष ओमकृष्ण कार्कीले आफनो संघबाट पनि सहयोग रहने बताए । कम्पनीको मुख्य कार्यालय सहित ४८ शाखा र उप शाखा तथा एक्सटेण्शन काउन्टर बाट सेवा दिँदै आएकोमा थप शाखा संगै संख्या ५७ पुगेको जानकारी दिएको । साथै आगामी दिनमा थप शाखा विस्तार गर्ने तयारी गरेको बताएको छ ।

कम्पनीले चालू आर्थिक बर्षको ८ महिनामा ३० प्रतिशतले ब्यवसाय बृद्धि गर्दै १ अर्ब १३ करोड बीमा शुल्क संकलन तथा ७८ करोड बिमा दाबी भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL