Logo

रसुवागढी र साञ्जेनको आईपीओमा रकम धेरै आवेदन संख्या कम, १६ लाखमा ३ लाख ८३ हजारको मात्र आवेदन

रसुवागढी र साञ्जेनको आईपीओमा रकम धेरै आवेदन संख्या कम, १६ लाखमा ३ लाख ८३ हजारको मात्र आवेदन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न रकमको आधारमा धेरै गुणा परेपनि सञ्चयकर्ता संख्याको आधारमा कम आवेदन परेको छ ।

सिडिएससीले दिएको जानकारी अनुसार साञ्जेन हाइड्रोपावरमा ७ लाख २९ हजार ७ सय ६१ जना सञ्चयकर्ता र रसुवागढी जलविद्युत आयोजनामा ८ लाख ६८ हजार ३ सय ९५ जना गरी कुल १५ लाख ९८ हजार १ सय ५६ जनाले आवेदन दिन पाइन्थ्यो । तर, बिक्री प्रबन्धकका अनुसार दुबै कम्पनीमा गरी ३ लाख ८३ हजार आवेदन मात्र परेको छ ।

साञ्जेन जलविद्युत आयोजनााको बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार उक्त साधारणरण सेयरमा १ सय ८३ हजार संचयकर्ताले आवेदन दिएका छन् । जसबाट कुल ४ अर्ब २२ करोड रुपैयाँको आवेदन परेको कोषका प्रवक्ता शुसील अर्यालले जानकारी दिए । हाल उक्त सेयर कम्पाइल गर्ने काम भइरहेको र अबको २ हप्ताभित्र बाँडफाँड गर्ने तयारी गरिएको समेत उनले जानकारी दिए ।सान्जेनले सञ्चयककर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको ७१ लाख १७ हजार ५ सय कित्ता सेयर बिक्री खुल्ला गरेको थियो ।

यसैगरी, रसुवागढी जलविद्युत आयोजनाको लागि २ लाख संचयकर्ताले आवेदन दिएका उक्त कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए । उक्त आवेदकले कुल ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन् । तर, अझै पनि कति तथ्याङ्क इन्ट्री तथा मिलान गर्नुपर्ने भएकाले केही थपघट हुनसक्ने उनको भनाइ थियो ।

रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता आइपिओ जारी गरेको थियो । तर, कहिलेसम्ममा सेयर बाँडफाँड भइसक्छ भन्ने विषयमा टुङ्गो नलगोको उनको तर्क थियो ।

रसुवा र साञ्जेनले सञ्यतकर्ताका लागि कुल २ अर्ब ५१ करोड ६० लाख रुपैयाँ सेयर जारी गरेको थियो । त्यसको ४ गुणा बढी अर्थात १० अर्ब ९७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । संख्याको आधारमा भने एकचौथाई मात्र अर्थात १६ लाख आवेदन दिन पाउनेमा ३ लाख ८३ हजार आवेदन मात्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL