Logo

पौने ५अंकले उकालो लाग्यो नेप्से, २३ करोड ७० लाखको कारोबार

पौने ५अंकले उकालो लाग्यो नेप्से, २३ करोड ७० लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक ४ दशमलब ८९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १२ सय ८१ दशमलब ९० अंकले उकालो लागेको हो । बुधबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

मंगलबार होटल समुहको परिसुचक सबैभन्दा बढी ६१ दशमलब ५४ अंकले बढेको छ । त्यस्तै जलविद्युत ९ दशमलब ३९, अन्य ७ दशमलब १२, बैंकिङ ५ दशमलब ७१, फाइनान्स ३ दशमलब १९ र विकास बैंक १ दशमलब ४५ अंकले उकालो लागेको छ ।

यता उत्पादन,बीमा र माइक्रोफाइनान्स समुहको परिसुचक क्रमशः ३२ दशमलब ६५, १० दशमलब ६८ र माइक्रोफाइनान्स ४ दशमलब २९ अंकले ओरालो लागेको छ ।

मंगलबार १५६ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ५ लाख ५५ हजार कित्ता सेयरबाट २३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL