Logo

ग्यालेक्सी एस ९ र एस ९ प्लस नेपाली बजारमा भित्रिदै, सोमबारदेखि प्रि बुकिङ

ग्यालेक्सी एस ९ र एस ९ प्लस नेपाली बजारमा भित्रिदै, सोमबारदेखि प्रि बुकिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसुङले ग्यालेक्सी एस ९ र एस ९ प्लस नेपाली बजारमा भित्र्याउने भएको छ । सोमबार एक कार्यक्रममा खुलासा गरिएअनुसार कम्पनीले मार्च २३ देखि यी फोन सार्वजनिक गर्न लागेको हो ।

जसको प्रिबुकिङ मार्च १२ देखि सुरु हुने सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले जानकारी दिए ।

नयाँ आउने फोनहरुमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसुङले विशेष प्रविधिको प्रयोग गरेको कम्पनीले जानकारी दिएको छ । साथै यी फोनहरुमा डुअल एपर्चर लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा रहेको छ ।
स्थापितका अनुसार यो स्मार्ट फोनमा सहज रुपमा आवद्धहुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको छ ।

वायरलेस चार्जिङयुक्त यी फोनमा रहेको ए आर इमोजीले आफुजस्तै इमोजी तयार गरी सोही अनुसार साउन्ड अनुकरण गरी राख्न पनि सकिन्छ ।

यसैगरी यसमा रहेको बिक्सबीले रियल टाइम अब्जेक्ट डिटेक्शन तथा रिकग्निसनको साथ तुरुन्तै तस्वीरको जानकारी दिने कम्पनीले बताएको छ ।

यी नेपाली बजारमा ग्यालेक्सी एस ९ को ९२ हजार ९ सय र ग्यालेक्सी एस ९ प्लसको मुल्य १ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

दुवै फोनमा ५ हजारको तुरुन्त क्यासव्याकको सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

साथै ग्राहकले प्रति हप्ता १ हजार एमबिका साथ १२ हप्तासम्म कूल १२ हजार एमबिको डाटा एनसेलको तर्फबाट निःशुल्क प्राप्त गर्न सक्नेछन । यसैगरी शिखर इन्स्योरेन्स मार्फत एक वर्ष भित्र सेट टुटफुट भएको अवस्थामा बीमा दावी गर्न सकिने व्यवस्था पनि कम्पनीले मिलाएको छ ।

यसका साथै फोनको प्रिबुकिङमा सहभागीहरुले लक्की ड्रमार्फत विभिन्न उपहार प्राप्त गर्ने छन् ।

जसअनुसार प्रथम हुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवा भएको देशमा आउने जाने टिकट निःशुल्क प्राप्त गर्नेछन् ।

दोस्रो भाग्यशाली बिजेताका दम्पतिलाई हिमालयन फ्रन्ट रिसोर्ट वा वाटर फ्रन्ट रिसोर्टमा २ रात वस्ने व्यवस्था मिलाएको छ भने २ जना तेस्रो भाग्यशाली बिजेताहरुलाई सामसङको ‘फीट २ प्रो’ प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL