Logo

डाइनाप्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण नेपाली बजारमा

डाइनाप्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण नेपाली बजारमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल कन्ष्ट्रक्सन एण्ड इन्जिनियरिङ कर्पोरेशन (एनसीइसी) ले सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्र्याएको छ ।

नेपालमा आफ्ना उत्पादनको बिक्री बितरण सुरु गरेको १० वर्षको उपलक्ष्यमा डाइनाप्याकले परिमार्जित उपकरण भित्र्याएको हो ।

एक कार्यक्रमबीच एनसीइसीले अत्याधुनिक प्रविधियुक्त परिमार्जित उपकरण भित्र्याएको हो ।

एनसीईसीका मुलुकभर रहेका बिक्रि र सेवा केन्द्रमार्फत डाइनाप्याकका पछिल्ला संस्करणको बिक्री बितरण हुने छ ।

नेपाल कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थमणी राजभण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकुल रहेको बताए ।

उनले भने, ‘नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रुपमा गर्नेछ । साथै पछिल्ला संस्करणमा थपिएका सुरक्षा प्रविधिले हामी नेपालको बजारमा स्थापीत हुनेमा आशावादी छौं ।

फायाट ग्रुपको अंशका रुपमा रहेको डाइनाप्याकले भारतको क्षेत्रीय कार्यालय मार्फत नेपाल भित्रको सेवा संचालन गर्नेछ ।

नेपालको विकास निर्माण तथा पूर्वाधार निर्माण गर्ने राष्ट्रिय महत्वका आयोजनामा सहभागि हुन पाउँदा गौरवान्वित भएको फायाट ग्रुप, डाइनाप्याक इण्डियाका प्रबन्ध निर्देशक मुकुल चक्रवर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL