Logo

कलैयामा यामाहाको नयाँ शोरुम, ‘थ्रि एस’ सहित एक्सचेन्जको सुविधा

कलैयामा यामाहाको नयाँ शोरुम, ‘थ्रि एस’ सहित एक्सचेन्जको सुविधा


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले कलैया उपमहानगरपालिकामा नयाँ डिलर सुरु गरेको छ ।
सोमबार एक कार्यक्रमबीच कलैया उपमहानगरपलिकाका मेयर राजेश राय यादवले सो शोरुमको उद्दघाटन गरे ।

यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई मध्ये नजर गर्दै डिलर स्थपना गरिएको कम्पनीले जानकारी दिएको छ । शोरुममा श्री मोटर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउने अध्यक्ष सोनालाल प्रसाद केशरीले बताए । अध्यक्ष

केशरीका अनुसार शोरुममा हाई–टेक वर्कसप, तालीमप्राप्त र दक्ष प्राविधिकहरु रहनेछन् । जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् । यामाहाले हाल नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ ।

स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध रहेको बिज्ञप्तिमा उल्लेख छ । यामाहाले नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी २५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरिसकेको छ ।

यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढीदिने कम्पनीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL