Logo

अन्तरराष्ट्रिय व्यापार मेलामा ७ करोडको व्यापार, व्यापारी भन्छन् ‘प्रचारप्रसार कम हुँदा कारोबार भएन’

अन्तरराष्ट्रिय व्यापार मेलामा ७ करोडको व्यापार, व्यापारी भन्छन् ‘प्रचारप्रसार कम हुँदा कारोबार भएन’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा ७ करोड बराबरको व्यापार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्धारा संचालित मेलाको चौथो दिन सो बराबरको कारोबार भएको महासंघका बरिष्ठ अधिकृत पर्शुराम नेपालले बताए ।
पाँच दिनसम्म चल्ने मेलामा करिब १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखेको थियो ।

अन्तरराष्ट्रिय स्तरको मेला भएपनि पछिल्लो समय पनि ३६५ दिन नै विभिन्न प्रकारका मेला आयोजना गरिने हुँदा लक्ष्य अनुसारको अवलोकनकर्ता नआएको नेपालले जानकारी दिए । ३०० भन्दा बढी स्टल रहेको उक्त मेलामा सोचे अनुसार बिक्री पनि नभएको प्रदर्शनीकर्ताहरुको गुनासो छ ।


उनीहरुका अनुसार हरेक स्टलमा दैनिक बढीमा १० देखि १५ हजारको मात्र व्यापार भएको छ । ह्युमन फिट क्राफ्टका बिपिन बज्राचार्यका अनुसार दैनिक ५,७ हजारको मात्र बिक्री भएको छ । त्यस्तै अन्नपुर्ण अर्गानिक कृषि उद्योग कपिलवस्तुका ब्यापारी सावित्रा लम्सालले विगतमा जस्तो ब्यवस्थापन नभएर पनि व्यापार सोचेअनुसार नभएको बताइन् । ‘प्रचार प्रसारमा कमी हुनुले पनि यस्तो भएको हुन सक्छ’ लम्सालले बताइन ।

त्यसो त अन्तरराष्ट्रियस्तरका व्यापारीहरुको पनि चित्त बुझदो व्यापार छैन । बिभिन्न पेय पदार्थ, तथा खानाका परिकार बनाउने गोलाडी पाहुजाले भने अनुसार दिनमा १५ हजार जति आम्दानी हुन्छ । ‘हाम्रो लक्ष्य भनेको दैनिक करिब ५० हजारको थियो,’ उनले भने ।

यता आयोजकले भने मेलाको तयारीको लागि कुनै कसर बाँकी नराखेको बताएका छन । प्रचार प्रसारको लागि बिभिन्न मिडिया देखि फेसबुक क्याम्मपेनसम्म चलाएर प्रचार गरेको नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL