Logo

गोद्रेजको एयर कन्डिस्नर र फ्रिज नेपाली बजारमा

गोद्रेजको एयर कन्डिस्नर र फ्रिज नेपाली बजारमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतको होम अपलाएन्स कम्पनी गोद्रेजले आफ्नो २ उत्पादन नेपालमा सार्वजनिक गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच कम्पनीले आफ्ना उत्पादन एयर कन्डिसनर र सिग्नेचर सिरीजको २ ओट रेफ्रिजेरेटर सार्वजनिक गरेको हो ।

कम्पनीको रेफ्रीजेरेटरमा २ सिरीज एनएक्सडब्लु र डुओ छन् ।

आफ्ना ब्राण्डले नेपालमा हाल ३५ लाखको वजार ओगटेको कम्पनीको दावि छ । यसका साथै कम्पनीले सन २०२० सम्म वजार हिस्साको तेस्रो स्थानमा रहने तथा वजार हिस्सा ७० लाखसम्म बढाउने योजना रहेको जानकारी दिएको छ ।

अघिल्लो बर्ष डिलरको संख्यामा थप गरी २ सय ओटा पुर्याउने लक्ष्य लिएको कम्पनीले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ ।

कार्यक्रममा नेपालका लागि बजार प्रमुख सन्जीव जैनले उत्कृष्ट सेवाका साथ गोद्रेजका वातावरण समायोजित फ्रिजहरुले नेपालमा राम्रो स्थान पाउने जानकारी दिए ।

यसका साथै उनले उपभोक्ताको लागि उपयुक्त प्रविधि तथा मानविय रुचियुक्त डिजाइन प्रदान गर्दै आएको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL