Logo

अर्थमन्त्रीको नाममा शुरु भयो सेयर बजारमा चलखेल, यस्तो छ अर्थको तयारी !

अर्थमन्त्रीको नाममा शुरु भयो सेयर बजारमा चलखेल, यस्तो छ अर्थको तयारी !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गत हप्ता अर्थमन्त्री डा. युवराज खतिवडाले मिडियामा पूँजी बजारलाई अनुत्पादक भनी अभिव्यक्ति दिएको भन्दै लगानीकर्ताहरु अतालिएर सस्तोमा सेयर बिक्री गर्न थालेका थिए । तर, पछिलल्लो समय केही लगानीकर्ताहरुले अर्थमन्त्रीको सोही अभिव्यक्ति भजाएर बजारमा चलखेल गर्न शुरु गरेका छन् ।

अपरिपक्क र हचुँवाको भरमा चलेको बजारमा मंगलबार पनि नेप्से परिसुचक ३ पटकसम्म घटवढ भएको छ । बजार खुलेको केही समय सामान्य बढेको बजारमा त्यसयता करिब २० अंकको गिरावट आयो । त्यसपछि सोही अंकको हाराहारीमा बढ्न पुगेको घटेर पुनः बढ्यो । सोमबार पनि बजारमा त्यस्तै अवस्था सिर्जना भएको थियो । जहाँ सिमित व्यक्तिले कमाए भने धेरै लगानीकर्ताले गुमाउन पुगेका छन् । जुन रोइलो सामाजिक संजालमा पनि प्रष्टै देखिएका छन् ।

नयाँ सरकार बनेसँगै पूँजी बजारमा आएको गिरावटको कारण त्यसलाई सम्बोधन गर्न सरकारमाथी दबाब परेको छ । यस विषयमा सम्बोधन गर्न सेयर लगानीकर्ता तथा विभिन्न क्षेत्रबाट दबाब सिर्जन गरिएको छ । पूँजी बजार दैनिकजसो ओरालो लागेपछि सो विषयमा लगानीकर्ताहरुले प्रधानमन्त्रीकै ध्यानाकर्षण गराएका उच्च स्रोतले बताएको छ ।

नयाँ सरकार आएसँगै पूँजी बजारले गति लिने आशामा बसेका लगानीकर्ता अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त भएसँगै तर्सिएका छन् । खतिवडाले पूँजी बजार तथा समग्र अर्थतन्त्रको बारेमा जानकार रहेको र उनले कुनैपनि बेला कडाई गर्न सक्नै भन्दै एकथरी लगानीकर्ता बजारबाट बाहिरिन थालेका छन् । अहिले पूँजी बजारमा प्रशस्त ‘लुपहोल’ रहेका कारण सरकारले कुनै पनि समय कडाई गर्न सक्ने एक लगानीकर्ताले बताए ।

तर, पछिल्लो समय बढी दबाबका कारण सेयर बजारलाई सम्बोधन गर्न अर्थमन्त्रालयले विज्ञप्ती नै जारी गर्ने तयारी गरेको अर्थका एक उच्च अधिकारीले जानकारी दिए । ‘सेयर बजारसँग अर्थ मन्त्रीको नाम जोडेर बजारमा अनावश्यक हल्ला फैलिएपछि त्यसलाई स्पष्ट पार्न मन्त्रालयले त्यसलाई सम्बोधन गर्न विज्ञप्नी नै जारी गर्ने तयारी गरेको छ,’ ती अधिकारीले भने, ‘जसले सेयर बजारमा अहिले देखिएको मस्यालाई केही हदसम्म सम्बोधन गर्ने छ ।’

सोमबार पूर्व अर्थमन्त्री डा. रामशरण महतले नयाँ सरकारले लगानीकर्ताको विश्वास गुमाएको भन्दै सामाजिक संजालमार्फत उल्लेख गरेका थिए । साथै पूँजी बजारले सरकारको दुई अंकको आर्थिक बृद्धिदरको नारालाई व्यग्य गरेको उनको भनाई थियो । साथै अबका दिनमा सरकारले लगानीको लागि भाषणभन्दा पनि विश्वासको वातावरण बनाउन आग्रह गरेका थिए ।

मंगलबार सेयर बजारमा दोहोरो अंकको घटवढ हुँदै अन्तमा ८ दशमलव ७० अंकले उकालो लागेको छ । जसमा अतिरिक्त र होटल बाहेक सबै समुहका परिसुचक बढेका छन् । मंगलबार बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि नघटेको होटल समुहको परिसुचक बजार बढ्दा भने घट्न पुगेको छ । द्वूत गतिमा ओरालो लागेको बीमा तथा बैंकिङ समुहको परिसुचकमा भने अन्तिम समयमा उच्च बृद्धि भएको छ । बजारमा विकास बैंक, माइक्रोफाइनान्स तथा जलविद्युत समुहका परिसुचक पनि सोही अनुरुप बढेका छन् ।

बजारमा दिनभर ४८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा कुल १ सय ६४ कम्पनीको १४ लाख ४० हजार कित्ता सेयर कारोबार भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL